Fri, 13 Dec, 2019


नेपालगन्ज विमानस्थलमा विमानभित्रै पर्यटनमन्त्री योगेश भट्टराईविरुद्ध नाराबाजी, मन्त्रीले मागे माफी
फरकधार / भदौ २८, २०७६

काठमाडौं– नेपालगञ्जमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईविरूद्ध नारा जुलुससहित हातपातको प्रयास भयो । काठमाडौं आउनु पर्ने बुद्ध एयरको विमानलाई एक घन्टा लामो समय कुराएको भन्दै विमान रहेका यात्रुहरु मन्त्री योगेशविरुद्ध खनिएका थिए । 



उनीहरुले मन्त्रीसँग आफ्नो कारणले त्यति धेरै यात्रुहरुलाई कुराएको भन्दै नारबाजी गरेका थिए । विमानभित्रै र्याखर्याख्ती पारेका ती समूहले मन्त्री भट्टराईलाई बाहिर पनि प्रश्न गर्न छोडेनन् । 

तर, भिडियोमा मन्त्री योगेशले खासै केही भनेका छैनन् । 

बुद्ध एयरको नेपालगन्ज–काठमाडौं जहाज ६ बजेर २५ मिनेटमा उड्नु पर्ने भए पनि मन्त्री भट्टराई कुरेर विमान साँझ ७ बजेर ८ मिनेटमा उडेको थियो ।

आफूलाई भ्रष्टाचारविरुद्धको अभियन्ताका रुपमा चिनाउने ज्ञानेन्द्र शाहीले मन्त्री भट्टराईलाई केरकार पारेको भिडियो अहिले सामाजिक सन्जालमा भाइरल भएको छ । शाही र उनका साथीहरुले मन्त्री भट्टराईमाथि हातपात गर्ने प्रयास समेत गरेका थिए ।

नेपालगन्जको विमानस्थल प्रहरीले मन्त्रीमाथि हातपात हुन लागेको तर आफूहरुले रोकेको बताएको छ । मन्त्री भट्टराई कैलालीमा सतीघाटमा आयोजना भएको डल्फिन महोत्सव उद्घाटन गर्न पुगेका थिए ।

सामाजिक सन्जालमा भिडियो भाइरल हुन थालेपछि मन्त्री भट्टराईले फेसबुकमा स्टाटस लेख्दै माफी मागेका छन् । उनले फेसबुकमा लेखेको स्टाटसमा चाहिँ आफू १५ मिनेटमात्र ढिला भएको जनाएका छन् । 

उनले लेखेका छन्, ‘आज कैलाली जिल्लाको टिकापुरमा आयोजना भएको डलफीन महोत्सबको कार्यक्रम सकेर बुद्ध एयरको धनगढीको अन्तिम उडानबाट काठमान्डौ फर्कने मेरो योजना रहेको थियो । तर कार्यक्रम ढिला भएको कारण बुद्ध एयरसँग अनुरोध गरेर नेपालगंजको अन्तिम उडानबाट काठमान्डौ फर्कनेक्रममा केहि ढिला हुन गएको सत्य हो । सबै यात्रुको बोर्डिङ भएको करिब १५ मिनेटमा हाम्रो टिमको बोर्डिङ भएको हो ।

भोली प्रतिनिधिसभामा माननीयहरुको प्रश्नको मैले जबाफ दिने कार्यक्रम रहेको कारण काठमान्डौ फर्कनै पर्ने दबाबमा म थिए । नेपालगंज बिमानस्थलमा ३र ४ जना ब्यक्तीहरु आक्रमक शैलीमा मेरा बिरुद्ध प्रस्तुत हुनुभयो । एकजनाले पारसका बिरुद्ध सातलाख हस्ताक्षर दरबारमा बुझाएर तैले हामीलाई कति दुस्ख दिएको छस् रु त्यो हामीले कहाँ बिर्सेंका छौ र  रु  सम्म भने ।त्यो सुने पछि उनीहरुको नियत मैले बुझिहाले । सम्पूर्ण यात्रु तथा बुद्ध एयरले देखाएको समझदारीप्रति धन्यवाद ब्यक्त गर्दछु ।

मेरा कारणले यात्रुहरुमा पर्न गएको असुबिधाप्रति भने क्षमाप्राथी छु ।’


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्