छोरीलाई हिन्दी सिकाउँदा हैरान भए मनोज

एजेन्सी– बलिउडमा अभिनेता मनोज बाजपेयीलाई हिन्दी अत्यन्त राम्रो भएको अभिनेतामा गनिन्छ । ‘सत्या’, ‘अलिगढ’ तथा ‘ग्याङ्स अफ वासेपुरजस्ता फिल्ममा काम गरिसकेका मनोज आफ्नो बलियो पक्ष पनि हिन्दी नै भएको मान्छन् ।

‘म हिन्दी फिल्ममा काम गरिरहेको छु भने त मैले हिन्दी जान्नै पर्ने हुन्छ नि, त्यो मेरो कमजोरी होइन,’ मनोजले भनेका छन्, ‘हुन त मेरो मातृभाषा हिन्दी होइन तर हिन्दी जान्नका लागि मैले निकै मेहनेत गरेको छु । मेरो मातृभाषा भोजपुरी हो । मैले हिन्दी सिकेको हुँ । म रंगमन्चबाट आएकाले पनि मैले हिन्दी राम्रो बनाउनै पर्ने थियो ।’

आफूले राम्रो हिन्दी बनाएको भए पनि आफ्नी नौ वर्षकी छोरीलाई हिन्दी नआउने मनोजले बताएका छन् । अनि उनलाई हिन्दी सिकाउँदा आफू हैरान भएको पनि उनले बताएका छन् । ‘मुम्बई जस्तो सहरमा मेरी छोरीलाई हिन्दी सिक्नु एक चुनौति भएको छ,’ उनले भनेका छन्, ‘उसको विद्यालयमा शिक्षक देखि साथीहरु सबै अंग्रेजीमा कुरा गर्छन् । म उसँग हिन्दीमा कुरा गर्दा उसलाई लाग्छ हामी पिछडिएका हौँ ।’ 





  • प्रकाशित मिति : भदौ २९, २०७६ आइतबार ८:४९:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया