ज्ञानेन्द्र शाहीलाई हेक्का राख्न युवा संघका संयोजकको चेतावनी !

काठमाडौं– शनिबार साँझ नेपालगन्ज विमानस्थलभित्र बुद्ध एयरको विमानलाई आफू आउन ढिला गरेर एक घन्टा कुराएको भन्दै संस्कृति, नागरिक उड्ड्यन तथा पर्यटनमन्त्रीमाथि केही युवाहरुले गालीगलौज गरे । 

घटनाको भिडियो अहिले सामाजिक सन्जालमा निकै धेरै सेयर गरेका छन् । 

विमानभित्र केही पनि नभनेका मन्त्री भट्टराईले काठमाडौं आएपछि सामाजिक सन्जालबाटै माफी मागेका छन् ।

तै यो घटना यत्तिकैमा सेलाउने देखिँदैन । सामाजिक सन्जालमा उनका समर्थक र आलोचकहरुको जुवारी चल्ने क्रम जारी छ । 

उनका समर्थकहरु यसलाई खासै ठूलो विषय नभएको र त्यसमाथि उनले माफी मागिसकेपछि छोड्नु पर्ने बताउँदै आएका छन् । अर्कोतिर, उनको आलोचना गर्नेहरुले अब पदमा भएकाले मात्रै कसैले पनि असुविधा नसहने बताउँदै आएका छन् ।

नेपालगन्जमा मन्त्री भट्टराईमाथि खनिने एक युवा थिए, ज्ञानेन्द्र शाही । शाही आफूलाई भ्रष्टाचारविरोधी अभियन्ताका रुपमा चिनाउँछन् । केही समयअघि उनले जथाभावी बोलेको आरोपमा सुर्खेतमा उनलाई प्रहरीले पक्राउ गरेको थियो । 



जे होस्, शाहीका युट्युबमा फलोअर्स धेरै छन् । उनी विभिन्न विषयमा आफ्ना धारणा राखिरहेका हुन्छन् । 

शनिबार मन्त्री भट्टराईलाई ‘थर्काउँदै’ गरेको भिडियोमा उनी देखिन्छन् । त्यही कारण उनी अहिले नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता तथा नेताको निशानामा परेका छन् । 



नेपाल कम्युनिस्ट पार्टीको युवा संगठन युवा संघका संयोजक रामप्रसाद सापकोटा ‘दिपशिखा’ले समेत शाहीलाई चेतावनी दिएका छन् । यही सन्दर्भमा सापकोटले ट्विट गरेका छन्, ‘मन्त्री योगेश भट्टराईले १५ मिनेट प्लेन चढ्न ढिलो भएको बारे प्रष्टीकरण दिएर माफी मागि सक्नुभएको छ । अर्को कुरा ज्ञानेन्द्र शाहीको गाली गलौज र अराजकता अब सहन सकिन्न, अपशब्द छाडातन्त्र लोकतन्त्र होइन ! उनले हेक्का राखुन् !’

  • प्रकाशित मिति : भदौ २९, २०७६ आइतबार ९:१२:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया