पाँच केजी चरेशसहित समातिए तीन भारतीय

हेटाैंडा—  मकवानपुर प्रहरीले शनिबार हेटौंडाबाट लागुऔषध चरेशसहित ३ जना भारतीय नागरिक पक्राउ गरेको छ ।

शनिबार दिउँसो हेटौंडा १५ बाट भारतीय नम्बर प्लेट बि. आर. ०१ पी एफ ७९९८ नम्बरको कारमा अगाडी पट्टीको एसीमा फल्स बटम बनाई ४ किलो ९ सय ग्राम चरेशसहित ३ भारतीय नागरिकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पक्राउ पर्नेमा  भारत बिहार जिल्लाका २८ वर्षीय शिवराज सिंह, २४ वर्षीय ज्ञानी कुमार पासवान र २४ वर्षीय राजु महतो रहेका छन्। वीरगंजबाट हेटौंडा तर्फ आउँदै गरेको कारलाई प्रहरीले सुरक्षा जाँच गर्ने क्रममा फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिए ।





  • प्रकाशित मिति : भदौ २९, २०७६ आइतबार १०:२:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया