आयुष्मानको फिल्म ड्रिम गर्लको बम्पर कमाइ

एजेन्सी– भारतमा नेसनल अवार्ड जितेका आयुष्मान खुरानाको भर्खरै रिलिज भएको फिल्म ‘ड्रिम गर्ल’ले दुई दिनमा नै राम्रो आम्दानी गरेको छ । 

पहिलो दिन यो फिल्मले ९.५० करोड भारतीय रुपैयाँ कमाएको थियो । दोस्रो दिन शनिबार यो फिल्मले ७० पर्सेन्ट बढी कमायो । 

दुई दिनमा धेरै कमाएको आयुष्मानको यो पहिलो फिल्म हो । बक्सअफिसइन्डियाडटकमका अनुसार दोस्रो दिन ड्रिम गर्लले झन्डै १६ करोड रुपैयाँ कमायो । यो फिल्ममा आयुष्मानले महिलाको आवाज निकालेर कल सेन्टरमा काम गर्ने भूमिका निर्वाह गरेका छन् ।





  • प्रकाशित मिति : भदौ २९, २०७६ आइतबार १२:३४:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया