रुपन्देहीमा अज्ञात समूहकाे गोली प्रहारबाट एक व्यक्तिको हत्या

रुपन्देही– रुपन्देहीको रोहिणी गाउँपालिकामा गोली प्रहारबाट एक व्यक्तिको हत्या भएको छ । अज्ञात समूहले चलाएको गोली लागेर ३५ वर्षीय महेन्द्र कुर्मीको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएअनुसार कुर्मीले हिमालयन बैंक भैरहवाबाट रकम निकालेर जाँदै गरेको अवस्थामा उनको हत्या भएको हो । ओमसतिया गाउँपालिका–५ का स्थायी बासिन्दा कुर्मीलाई अज्ञात समूहले रोहिणी गाउँपालिका–३ वैकुण्ठपुरमा गोली हानी हत्या गरेको प्रहरीले बताएको छ।

अहिले प्रहरी घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ । उनले बैंकबाट झिकेको रकम लुट्नकै लागि आपराधिक समूहले हत्या गरेको अनुमान छ ।  घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : भदौ २९, २०७६ आइतबार १५:२६:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया