चाडपर्वभरि हवाई भाडामा १० प्रतिशत छुट

काठमाडौं– वायुसेवा सञ्चालक संघ नेपाल (आयोन)ले दशैँ, तिहार र छठसम्म यात्रुहरूका लागि १० प्रतिशत छुट दिने निर्णय गरेको छ । आगामी असोज १२ देखि  कात्तिक १७ सम्म उड्ने जहाजमा यात्रुले १० प्रतिशत छुट पाउने भएका हुन् । 

त्यसका लागि यात्रुले काउन्टरबाटै टिकट खरिद गर्नुपर्नेछ । आइतबार बसेको वायुसेवा सञ्चालक संघको बैठकले नियमित उडान सञ्चालन गर्ने सबै वायुसेवा कम्पनीका जहाजमा १० प्रतिशत छुट दिने निर्णय गरेको हो । जसका लागि अग्रीम टिकट खरिद गर्न सकिने पनि संघले जनाएको छ ।

यसअघिका वर्षमा जस्तो चाडपर्वका वेला जहाजको टिकट अभाव नहुने पनि संघले जनाएको छ । पछिल्लो समय वायुसेवा कम्पनीहरुले निरन्तर जहाज थप गर्दै गएका कारण दशैं, तिहार तथा छठ पर्वसम्म पनि आवश्यकताअनुसार हवाई टिकट उपलब्ध हुने बताइएको छ । 





  • प्रकाशित मिति : भदौ २९, २०७६ आइतबार १६:५:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया