प्रतिनिधिसभा बैठक साेमबारसम्मका लागि स्थगित

काठमाडौं– सरकारले शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन नसकेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लगातार अवरोध गरेपछि आइतबारको प्रतिनिभिसभा बैठक स्थगित भएको छ । 

कांग्रेसले बाँकेमा बिहीबार पार्टी जिल्ला सभापति किरण कोइरालामाथि भएको घटनालाई लिएर सदन अवरोध गरेपछि प्रतिनिभिसभा बैठक सोमबारसम्मलाई स्थगित भएको हो । 

बाँके घटनाबारे आइतबार १ बजे बसेको बैठकमा कांग्रेसले प्रश्न उठाएपछि गृहमन्त्री रामबहादुर थापाले सोबारे जवाफ दिएका थिए । जवाफमा उनले सो आक्रमणमा नेकपाका कार्यकर्ता संलग्न भएको हुन सक्ने, तर आक्रमणका लागि पार्टीले निर्देशन नदिएको दाबी गरेका थिए ।  

गृहमन्त्रीको जवाफ चित्त नबुझेको भन्दै कांग्रेसले बैठक अवरुद्ध गरेको हो । कांग्रेसको अवरोधका कारण सभामुख कृष्णबहादुर महराले सहमतिका लागि १० मिनेटका लागि बैठक स्थगित गरेका थिए । 

पुनः डेढ घण्टापछि बसेको दोस्रो बैठकमा पनि प्रतिपक्षीको अवरोध कायम भएपछि सोमबार दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित गरिएको हो । 





  • प्रकाशित मिति : भदौ २९, २०७६ आइतबार १७:५:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया