आन्ध्र प्रदेशमा ६१ जना सवार ढुंगा दुर्घटना, ११ को मृत्यु

एजेन्सी— भारतको आन्ध्र प्रदेशको पूर्वी गोदावरी जिल्लामा भएको एउटा ढुंगा दुर्घटनामा ११ जनाको मृत्यु भएको छ । 

त्यहाँको आपत् प्रबन्धन विभागले यो डुबेको ढुंगामा ६१ जना सवार भएको जनाएको छ । पूर्वी गोदावरी जिल्लाको देवीपट्टनम मन्डलमा भएको यो दुर्घटनाको ढुंगामा ११ जना चालक दलका सदस्य थिए । 

यो ढुंगामा सवार व्यक्तिहरु गोदावरी नदीको छेउमा रहेको पापीकोन्डलु पहाड घुम्न जान लागेका थिए । ढुंगामा लाइफ ज्याकेट लगाएका २० जना स्थानीयको सहयोगमा किनारमा पुगेका थिए ।

अहिलेसम्म त्यहाँको प्रहरीले तीनजनाको शव बाहिर निकाल्न सकेको छ । 

आन्ध्र प्रदेशका मुख्यमन्त्री वाइएस जगन मोहन रेड्डीले प्रभावित परिवारलाई १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरिसकेका छन् ।





  • प्रकाशित मिति : भदौ २९, २०७६ आइतबार २१:५२:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया