अछाममा गाउँपालिका अध्यक्षमाथि गाेली प्रहार

अछाम— अछामको रामारोशन गाउँपालिकाका अध्यक्ष झंकर साउदमाथि गोली प्रहार भएको छ । गाेली कसले हानेकाे हाे भन्ने अहिलेसम्म खुलेकाे छैन ।

आइतबार साँझ ७ बजेतिर गाउँपालिकाको सेन्टर मुजाबगरस्थित आफ्नै कोठामा बसिरहेको अवस्थामा उनीमाथि गाेली प्रहार भएकाे हाे । 

गाेली चलाएलगत्तै त्यहाँ पुगेकाे प्रहरीलाई देखेपछि ती व्यक्ति भागेका छन् । उनी कैलास खाेलामा हाम फालेकाे प्रहरीले जनाएकाे छ । उनकाे खाेजीमा प्रहरी जुटेकाे छ । अहिलेसम्म कुनै समूहले घटनाबारे जिम्मा लिएको छैन । 





  • प्रकाशित मिति : भदौ २९, २०७६ आइतबार २२:२२:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया