उच्च शिक्षा पढ्न चाहने विद्यार्थीलाई एजुकेसन पार्कको जानकारीमूलक भिडियो

काठमाडौं— उच्च शिक्षाका लागि नेपालमा विभिन्न अवसर छन् । तर, उच्च शिक्षामा के छान्ने ? कस्तो विषय पढेमा के हुन्छ भन्नेबारे सबैलाई एकैपटकमा जानकारी नहुन सक्छ । 

एउटा रिसर्चका अनुसार कम्तिमा पनि ६० प्रतिशत विद्यार्थीहरु आफूले उच्च शिक्षामा के पढ्ने भन्ने आफैं निर्धारण गर्न सक्दैनन् । फलस्वरुपः अभिभावक तथा अन्य गार्जियनको दबाबमा पर्छन् । अनि उनीहरु आफूलाई मन नपर्ने विषय भए पनि त्यसमा समावेश हुन्छन् । 

यसले गर्दा उनीहरुको भविष्यमा समस्या पर्छ । 

यस्तै विषयहरुलाई मिलाएर शैक्षिक परामर्शमा राम्रो काम गरिरहेको एजुकेसन पार्कले एउटा भिडियो बाहिर ल्याएको छ । भिडियोमा यी सब अन्यौलहरुलाई समाधान गर्नका लागि विद्यार्थी तथा अभिभावकलाई प्रेरित गरिएको छ ।

‘विद्यार्थी जीवनमा एउटा समय हुन्छ,’ एजुकेसन पार्कका प्रबन्ध निर्देशक विराज पाण्डे भन्छन्, ‘त्यस्तो समयमा उनीहरुलाई सही परामर्शको खाँचो पर्छ । त्यो परामर्श लिनबाट उनीहरु बन्चित नहुन् भन्ने हेतुले जानकारी फैलाउन यो भिडियो बनाइएको हो ।’

तर, यसमा के बुझ्नु पर्छ भने शैक्षिक परामर्श लिनु भनेको विदेशमा पढ्न जानु मात्र होइन । नेपालमा नै पढ्नका लागि पनि कुन विषय पढ्ने, वा विदेश जाने भए कुन संस्थामा वा विश्वविद्यालयमा जाने, आफूलाई कसरी तयार पार्ने भन्ने कुरा एजुकेसन पार्कको भिडियोमा उल्लेख गरिएको छ ।



‘साथीहरुको लहलहै, अभिभावकको दबाब वा आफूलाई मन पर्ने विषय कसरी छान्ने भन्ने विषयमा पहिले नै सचेत हुनुपर्छ,’ पाण्डेले भने, ‘त्यही सचेतना फैलाउनका लागि हामीले भिडियोको साहरा लिएका हौँ ।’

हेर्नुस्, एजुकेसन पार्कले बनाएको भिडियोः 



  • प्रकाशित मिति : भदौ ३०, २०७६ साेमबार ९:१९:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया