साउदी तेल कम्पनीमा भएको आक्रमणपछि बढ्यो तेलको मूल्य

एजेन्सी– साउदी अरबको तेल कम्पनी अरामकोका दुई प्रशोधन केन्द्रमा शनिबार भएको दुई ड्रोन हमलाका कारण कच्चा पेट्रोलियम पदार्थको मूल्य बढेको छ । अहिले भएको मूल्य चार महिना यताको सबैभन्दा महङ्गो मूल्य हो । 

अन्तर्राष्ट्रिय बजारमा सोमबार कारोबार सुरुवात हुँदा तेलको मूल्यमा १९ प्रतिशतले वृद्धि भएको हो । यसका साथसाथै अब अन्तर्राष्ट्रिय बजारमा एक ब्यारेल तेलकोय मूल्या ७१.९५ डलर पुगेको छ ।

त्यसो त अमेरिकाले यसबीचमा आफ्नो आपतकालीन भण्डारणबाट केही तेल बाहिर निकालेको छ । यसले बजारलाई थोरैै राहत त मिलेको छ तर यसका कारण बजारको डिमान्ड पूरा हुने सम्भावना हुँदैन ।

त्यसमाथि आक्रमणमा परेको साउदी तेल कम्पनीले पहिलेजस्तै तेल निकाल्नका लागि अब केही समय लाग्ने भएको छ । साउदी अरबको सरकारी तेल कम्पनी अरामकोले आक्रमणपछि तेल उत्पादन घटेर प्रतिदिन ५.७ लाख ब्यारेल भएको जनाएको छ ।

अर्कोतिर, यो आक्रमण सँगसँगै मध्यपूर्वमा अस्थिरता झन् बढेको विश्लेषण बाहिर आउन थालेको छ । हुथी विद्रोहीले गरेको यो आक्रमण इरानको योजनामा भएको अमेरिकाले आरोप लगाउँदै आएको छ ।





  • प्रकाशित मिति : भदौ ३०, २०७६ साेमबार ९:३९:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया