यस्ता छन् चिया पिउनुका फाइदा

एजेन्सी— अधिकांश नेपालीहरु आफ्नो दिन चिया पिएर सुरुवात गर्छन् । कतिपय मानिसहरु कालो चिया मन पराउँछन् भने केहीलाई दूध हालेको चिया मन पर्छ । कतिसम्म भने कोही कोही त दिनमै चारपाँच कप चिया पनि पिउँछन् ।

धेरै चिया पिउनेहरुलाई खुसीको खबर हुनसक्छ, दिनहुँ चिया सेवन गर्नाले दिमाग तेज हुने एक अध्ययनले निष्कर्ष निकालेको छ । त्यो अध्ययनअनुसार दिनहुँ चिया पिउने मानिसको दिमाग चिया नपिउनेको भन्दा बढी सक्रिय हुन्छ । चिया पिउनेको दिमागको सोच्ने शक्ति, सम्झने क्षमता तथा प्रश्न गर्ने क्षमता पनि तेज हुने उक्त अध्ययनले जनाएको छ ।

त्यति मात्र होइन, चिया पिउँदा रुघाखोकीले ग्रसित भएकाहरुलाई अलिक सहज हुन्छ । कतिपयलाई त चियाले मुड ठिक गर्नुका साथै मुटु रोगको सम्भावना पनि कम गराउँछ । चियामा हुने क्याफिनले दिमागलाई सक्रिय बनाउने तथा निद्रा भगाउने काम पनि गर्छ । त्यसैले चिया पिउँदा ऊर्जा मिल्ने अध्ययनहरुले देखाएका छन् । चियाले थकान कम गर्ने, अल्छीपना भगाउने तथा एलर्जी हुने सम्भावना कम गराउने पनि विश्वास गरिन्छ । त्यस्तै, दैनिक २–३ कप कालो चिया वा हर्बल चिया पिउनाले हृदयघात हुने सम्भावना पनि कम हुन्छ । सँगसँगै चियाले शरीरमा पानीको कमी हुन पनि दिँदैन ।

तर, यसको अर्थ के होइन भने चियाका फाइदा मात्रै छन् । चिया त अम्मलको रुपमा विकास हुनसक्छ र लत लाग्न सक्छ । त्यस्तै, चियामा चिनी हालेर खाने भएकाले शरीरमा चिनीको मात्रा बढ्ने, दाँत पहेँलो हुने, पेटमा अल्सर हुने, निद्रामा समस्या हुने, भोक कम लाग्नेजस्ता समस्या पनि देखिन सक्छन् । अत्यधिक धेरै चिया पिउनेहरुको त हड्डी पनि कमजोर हुने विश्वास गरिन्छ ।





  • प्रकाशित मिति : भदौ ३०, २०७६ साेमबार १४:५९:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया