त्रिपुरेश्वर महादेव मन्दिरको गजूर पुनर्स्थापना

काठमाडौं— पुनर्निर्माण भइरहेको काठमाडौं त्रिपुरेश्वरस्थित त्रिपुरेश्वर महादेव मन्दिरको गजूर पुनर्स्थापना गरिएको छ ।

गजूर पुनर्स्थापनापछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, नेपालका लागि थाइल्याण्डका राजदूत भकाभत तानस्कुल लगायतले मन्दिरको अवलोकन पनि गरेका छन् । 

भूकम्पबाट क्षतिग्रस्त मन्दिर तथा सत्तलहरुको काठमाडौं विश्वविद्यालयको स्कुल अफ आट्र्सअन्तर्गत संगीत विभागले पुनर्निर्माण गरिरहेको छ । विभागलाई थाई सरकारले आर्थिक सहयोग प्रदान गरेको छ ।

विभागका सहायक प्राध्यापक एवं पुनर्निर्माण कार्यका संयोजक डा. लोचन रिजालले मन्दिरको करिब ८० प्रतिशत र समग्र गुरुयोजनाको करिब ३५ प्रतिशत पुनर्निर्माण कार्य सम्पन्न भएको जानकारी दिए ।

विभागले त्रिपुरेश्वर महादेव मन्दिर, चारवटा सत्तल, पुजारी घर, मन्दिर परिसरको बगैंचा र पोखरीलाई पुनर्निर्माण तथा संरक्षण गर्नेगरी गुठी संस्थानसँग सम्झौता गरेको छ ।

सन् १८१८ मा रानी ललित त्रिपुरासुन्दरीले श्रीमान् रणबहादुर शाहको सम्झनामा यो मन्दिर निर्माण गर्न लगाएकी थिइन् ।





  • प्रकाशित मिति : भदौ ३०, २०७६ साेमबार १५:३:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया