नेप्से परिसूचक सोमबार पनि दोहोरो अ‌ंकले ओरालो लाग्यो

काठमाडौ– आइतबार दोहोरो अ‌ंकले ओरालो लागेको धितोपत्र बजारमा सेयर कारोबारमापक नेप्से परिसूचकले सोमबार पनि सोही लय पछ्याएको छ । कारोबार सुरु भएलगत्तैदेखि ओरालो लागेको बजार बन्द हुने समयसम्म पनि सोही अवस्थामा रह्यो । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १६.१८ बिन्दु अर्थात् १.४२ प्रतिशतले घटेर एक हजार १२३.८३ बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचकसमेत १.४६ अर्थात् ३.६६ बिन्दुले घटेर २४६.३५ बिन्दुमा ओर्लिएको छ ।

नेप्से दोहोरो अ‌कले घटे पनि आइतबारको तुलनामा कारोबार रकम भने बढेको छ । कुल १ सय ६९ कम्पनीको १२ लाख ४८ हजार ४०९ कित्ता सेयर ३४ करोड ३९ लाख १८ हजार २ सय २१ मूल्यमा खरिद बिक्री भए । आइतबार कुल १ सय ६२ कम्पनीको सेयर २८ करोड ८० लाख ९९ हजार ९ सय १२ बराबरको कारोबार भएको थियो ।

स्टकका अनुसार कारोबारका आधारमा सोमबार छिमेक लघुवित्त विकास बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको एक करोड ८० लाख १९ हजार ९ सय ४५ बराबरको कारोबार भयो ।

यस्तै नेपाल बैंक एक करोड ७९ लाख ८३ हजार ३ सय १६, सिटिजन बैंक एक करोड ४९ लाख ४४ हजार १ सय ९५, एनआइसी एसिया एक करोड १९ लाख ९५ हजार ४ सय ५५, सिद्धार्थ बैंक एक करोड १९ लाख २७ हजार ७ सय ९५, नेपाल लाइफ इन्स्योरेन्स एक करोड १२ लाख ३७ हजार ३ सय ८७ र शिवम् सिमेन्टको सेयर रु ९७ लाख ७० हजार ५ सय ३८ मूल्यमा कारोबार भई शीर्ष स्थानमा रहे ।

यस्तै घटेको बजारमा साल्ट टे«डिङका लगानीकर्ताले ३.९८ प्रतिशतले कमाए । एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था २.९३, छ्याङदी हाइड्रोपावर २.५३, गणपति माइक्रोफाइनान्स वित्तीय संस्था २.४६ र सिर्जना फाइनान्सका लगानीकर्ताले २.०४ प्रतिशतले कमाए ।



त्यस्तै नेसनल लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ७.०९, सिनर्जी पावर ६.०६, आइएमई जनरल इन्स्योरेन्स ५.७३, एनएलजी इन्स्योरेन्स ५.६७, युनियन हाइड्रोपावर ५.५५ र लुम्बिनी जनरल इन्स्योरेन्सका लगानीकर्ताले ५.४० प्रतिशतले गुमाए । 



  • प्रकाशित मिति : भदौ ३०, २०७६ साेमबार १६:३७:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया