सोनाक्षीले कसरी घटाइन् ३० किलो तौल ?

एजेन्सी– बलिउड अभिनेत्री सोनाक्षी सिन्हा आजभोलि निकै फिट देखिन्छिन् । तर, एउटा समय थियो, उनी ९० किलोको थिइन् । उनले अहिले त करिब ३० किलो तौल घटाएकी छिन् । खासमा तौल घटाएर नै उनले फिल्ममा इन्ट्री मारेकी हुन् ।

खासमा सोनाक्षीलाई आफूले खाइरहेको खाना छोड्न मन लाग्दैन । त्यसैले उनी बेलाबेलामा खाना खाइरहे पनि यो तौल घटाउने समयमा उनले प्रोटिनयुक्त खानामा फोकस गरिन्, कार्बोहाइड्रेट खाना कम खाइन् । अनि दिनभर पानी पनि पिइन् । यतिमात्र होइन, उनले हरेक दुई घन्टामा केही न केही खाइन् र साँझ ६ बजेपछि केही पनि खाइनन् । उनले डिनर पनि ६ बजेकै आसपासमा गरिन् ।

प्रत्येक दिन विहान सोनाक्षी उठेपछि उनले मनतातो पानीमा कागती मिसाएर खाइन् । उनले यसलाई सहजै रुपमा लामो समयसम्म फलो गरिरहिन् ।

सोनाक्षीले बिहान ब्रेकफास्टमा पनि कटौती गरिन् । उनले बिहान एउटा टोस्टमात्र खाने, एउटा ग्रिन टि पिउने र दिउँसो उनले घरमा नै बनाएको सलाद खाने गरिन् । 

योसँगसँगै सोनाक्षीले हरेक दिन जिममा पनि केही घन्टा बिताइन् ।





  • प्रकाशित मिति : भदौ ३०, २०७६ साेमबार १६:५५:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया