एसियन टेबलटेनिस च्याम्पियनसिपमा तुर्किस्तानमाथि नेपालको जित

काठमाडौं– २४औँ एसियन टेबलटेनिस च्याम्पियनसिपमा नेपाली पुरुष टिमले जित निकालेको छ । इन्डोनेसियामा जारी सो खेलमा नेपालले तुर्किस्तानमाथि ३ –१ को जित निकालेको हो । 

खेलमा मा स्यान्टु श्रेष्ठले २ र संयोग कपालीले १ खेल जितेका छन् । अमरलाल लाल मल्ल भने पराजित भएका थिए । 

मेन्स टिम ईभेन्ट्सकै अर्को खेलमा भने नेपाल थाइल्यान्डसँग ३–० ले पराजित भएको छ । यस्तै महिला टिम इभेन्ट्समा पनि नेपाल पराजित भएको छ । 

नविता श्रेष्ठ, एलिना महर्जन र सिक्का सुवालको टोली मकाउ र इरानसँग ३–० ले नै पराजित भए । 





  • प्रकाशित मिति : भदौ ३०, २०७६ साेमबार १६:५०:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया