कांग्रेसद्वारा पत्रकार रिहाइको माग

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले डोटीमा भएको पत्रकारहरूको गिरफ्तारीविरुद्ध सरकारको भत्र्सना गरेको छ । डोटीमा सरकारी सञ्चार माध्यममा कार्यरत तीनजना पत्रकारलाई पदमुक्त गरिएको घटनाविरुद्ध आन्दोलनमा रहेका नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियनका तीनजनालाई प्रहरीले सोमबार अपराह्न पक्राउ गरेको थियो । 

यसरी पक्राउ पर्नेमा पत्रकार रामप्रसाद दाहाल, अजयबाबु शिवाकोटी, जन्मदेव जैसी, यम विरही, दिलीप पौडेल, मिन बम, चक्र कुँवर, प्रकाश बम र योगेन्द्र बलायर छन् । उनीहरूलाई तत्काल रिहाई गर्न र डोटीका पदमुक्त गरिएका पत्रकारहरु प्रकाश बम, सुनिता रावल र चक्र कुँवरलाई यथाशीघ्र काममा बहाली गर्न नेपाली कांग्रेस सरकारसँग माग गरेको छ । 

मंगलबार बेलुकी मात्रै प्रधानमन्त्री ओलीलाई डोटी प्रकरणबारेमा समेत ध्यानाकर्षण गराइएको स्मरण गराउँदै कांग्रेसले यसबारे यथाशीघ्र निर्णयमा पुग्न सरकारलाई  सचेत गराएको छ । 





  • प्रकाशित मिति : भदौ ३०, २०७६ साेमबार १७:४४:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया