जरिन खानले भनिन्– यस्तो अन्याय सहेँ, निर्देशकले ‘खराब डिमान्ड’ गरे

एजेन्सी– गत वर्ष बलिउड अभिनेत्री तनुश्री दत्तले मिटू मुभमेन्टमा आफ्नो सहभागिता जनाउँदै भनेकी थिइन् कि बलिउडमा कयौँ अभिनेत्रीहरु समस्यामा परेका छन् । उनले यस्तो भनेको केही समयपछि अन्य अभिनेत्रीहरुले पनि यो कुरा भन्दै आए । कसैले आफूमाथि भएको शोषणको खुलासा गरे त कसैले मिटू अभियानमा नै आफ्नो ऐक्यबद्धता जनाए । 

अब कास्टिङ्ग काउचबारे अभिनेत्री जरिन खानले पनि मुख खोलेकी छिन् । उनले आफूलाई फिल्ममा खेल्न दिन्छु भन्दै निर्देशकहरुले गलत माग गरेको पनि बताएकी छिन् । यसअघि आयुष्मान, एकता कपूर, दिव्यांका त्रिपाठी, स्वरा भास्करलगायतले पनि यसबारे कुरा उठाएका छन् । 

न्युज वेबसाइट पिन्कविलालाई दिएको एक अन्तर्वार्तामा आफ्नो अनुभव सुनाउँदै जरिनले निर्देशकले उनलाई किस सिन रिहर्सल गर्न भनेको समेत बताएकी छिन् । ‘मलाई साथीभन्दा माथिल्लो सम्बन्धमा रहने हो भने अर्को काम पनि मिलाइदिन्छु भन्ने निर्देशक थिए,’ जरिनले भनेकी छिन्, ‘यस्ता समस्याहरु मैले धेरै भोगेँ ।’

सन् २०१० मा बलिउड फिल्म वीरबाट डेब्यू गरेकी जरिनले यसपटक सलमान खानसँग स्क्रिन सेयर गर्दै छिन् ।





  • प्रकाशित मिति : भदौ ३०, २०७६ साेमबार १९:१६:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया