काभ्रेमा ७ हेलिकाेप्टर आकष्मिक अवतरण !

काठमाडाैं– माैसम खराब भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेका हेलिकाेप्टर काभ्रेका विभिन्न ठाउँमा अवतरण गराइएका छन् । 

काभ्रेकाे पाँचखाल र नेपालथाेकमा मात्र ७ वटा हेलिकाेप्टर आकष्मिक अवतरण गरिएकाे प्रहरीले जनाएकाे छ । 

काभ्रेको पाँचखालमा मनाङ्ग एयरका २ वटा हेलिकोप्टर सिम्रिक एयर र कैलाश एयरको एक हेलिकोप्टर अवतरण गरिएको काभ्रे प्रहरीले जनाएको हाे ।

ती हेलिकाेप्टरमा सवारबारे अहिलेसम्म केही खुलेकाे छैन । थप विवरण आउन बाँकी छ । 

यसअघि काेटेश्वर आइपुगेकाे कतार एयर पनि डाइभर्ट गरिएकाे थियाे । खराब माैसमका कारण त्रिभुवन विमानस्थलकाे भिजिबिलिटी कम भएकाे त्यहाँका अधिकारीले जानकारी दिएका छन् ।






  • प्रकाशित मिति : भदौ ३१, २०७६ मंगलबार १०:१४:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया