पाँच महिनामा इजरायलमा दोस्रो आम निर्वाचन

एजेन्सी– पाँच महिनाअघि मात्रै निर्वाचनमा भाग लिएका इजरायलका जनताले फेरि आज मतदान गर्दै छन् । 

प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले यो निर्वाचन बोलाएका हुन् । अप्रिलमा भएको निर्वाचनपछि आफूले सरकार बनाउन नसकेपछि उनले यो निर्वाचन आह्वान गरेका थिए ।

उनको लिकुड पार्टी र द सेन्ट्रिस्ट ब्लु एन्ड ह्वाइट पार्टीको यो निर्वाचनमा पनि टक्कर हुने अनुमान धेरैले गरेका छन् । त्यसैले यो निर्वाचनलाई कतिपयले नेतान्याहुका लागि जनमतसंग्रह भएको पनि संज्ञा दिएका छन् ।

त्यसैले यो निर्वाचनमा इजरायलका साना दलको विशेष भूमिका हुने मानिएको छ । यो निर्वाचनको नतिजा आएलगत्तै त्यहाँ नयाँ सरकार गठनको विषयमा काम सुरु हुनेछ । 





  • प्रकाशित मिति : भदौ ३१, २०७६ मंगलबार १०:५७:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया