जब दीपिकाले भुलिन् उनी विवाहित हुन्

एजेन्सी– दीपिका पादुकोण तथा रणबीर सिंह बलिउडमा अत्यन्त धेरै चर्चामा रहने जोडी हुन् । दुवै एकअर्कालाई निकै प्रेम पनि गर्छन् । 

तर, केही समयअघि भएको एउटा इभेन्ट दीपिकाका लागि सहज रहेन । त्यो कार्यक्रममा दीपिकाले आफू विवाहित हुँ भन्ने कुरा नै बिर्सिइन् । उनले त्यसैले म एकजना बहिनी, एकजना अभिनेत्री हुँ भनेको भिडियो अहिले सामाजिक सन्जालमा चर्चाको विषय बनेको छ । 

यति भनिसकेपछि दीपिका रोकिन्छन् । कार्यक्रम सन्चालकले भन्छन्– तपाईं एक विवाहित महिला पनि हो । त्यसपछि दीपिका एकैछिन रोकिन्छन् अनि भन्छिन्– ओ माइ गड, मैले त बिर्सिएछु ।

यो दीपिकाको आफ्नै फाउन्डेसन लिभ, लभ, लाफको कार्यक्रम थियो । अहिले उनी फिल्म ८३ को सुटिङमा व्यस्त छिन् । यो फिल्ममा उनले रणबीर सिंहसँग नै काम गर्दैछिन् ।





  • प्रकाशित मिति : भदौ ३१, २०७६ मंगलबार १२:२४:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया