जापानमा एक नेपालीकाे मृत्यु

काठमाडाैं– बाग्लुङ गलकोट नगरपालिका-७ मल्मका ४१ वर्षीय गंगा थापाको जापानमा मृत्यु भएको छ ।

कमलपित्त रोगबाट पीडित थापाको जापानको सिन्जुकुस्थित अस्पतालमा उपचारका क्रममा सोमबार निधन भएको गैरआवासीय नेपाली संघ जापानका सदस्य शिवु थापाले जानकारी दिए ।

दुई साताअघि रेष्टुराँमा काम गरिरहेका बेला एक्कासी बेहोस भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। गंगा १४ वर्षअघि रोजगारीका सिलसिलामा त्यहाँ पुगेका थिए ।

उनको अन्तिम संस्कार बुधबार जापानमै गरिने भएको छ।





  • प्रकाशित मिति : भदौ ३१, २०७६ मंगलबार १२:२८:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया