द बिग बुलमा अभिषेक

एजेन्सी– बलिउड अभिनेता अभिषेक बच्चन निर्देशक कुकी गुलाटीको फिल्म द बिग बुलमा खेल्ने भएका छन् । उनले यसको सुटिङ पनि सुरु गरेका छन् । अभिषेकले फिल्मको एउटा क्ल्यापबोर्ड देखिएको तस्वीर आफ्नो सामाजिक सन्जालमा पोस्ट गरेका छन् । 

यो फिल्ममा इलियाना डिक्रुज पनि हुनेछिन् । यो फिल्मलाई अर्का अभिनेता अजय देवगणले निर्माण गर्न लागेका हुन् । योभन्दा पहिले अभिषेक र अजयले सन् २०१२ मा बोल बच्चनमा सँगै काम गरेका थिए ।

अभिषेक बच्चनको पहिलो फिल्म रिफ्युजीले सन् २००० मा आएको थियो । तर, यो फिल्मले त्यति बेला खासै राम्रो प्रदर्शन गर्न सकेन ।  





  • प्रकाशित मिति : भदौ ३१, २०७६ मंगलबार १२:३६:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया