समाजवादी पार्टीले बनायो थिंक ट्यांक, बाबुरामले भने– क्रान्तिकारिता र विज्ञताको फ्यूजन

काठमाडौं– समाजवादी पार्टी नेपालले ४० सदस्यीय विज्ञपरिषद् गठन गरेको छ । 

यसलाई पार्टीका अध्यक्ष बाबुराम भट्टराईले थिंक ट्यांकका रुपमा काम गर्ने परिषदको संज्ञा दिएका छन् । पार्टी कार्यालयमा भएको एक कार्यक्रममा यो परिषद्लाई सपथ खुवाइएको छ । 

परिषदमा योजना आयोगका पूर्वसदस्य पुष्पराज राजकर्णिकार प्रमुखका रुपमा चयन भएका छन् । 

त्यस्तै, डा. बाबुराम भट्टराईले ट्विटरमार्फत् दिएको जानकारीअनुसार सचिवमा ज्योती दनुवार चयन भएका छन् । यसलाई बाबुराम भट्टराईले नयाँ युगको पार्टीमा क्रान्तिकारिता र विज्ञताको फ्यूजन भएको बताएका छन् । 





  • प्रकाशित मिति : भदौ ३१, २०७६ मंगलबार १२:४५:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया