अफगानी राष्ट्रपति असरफ घानी लक्षित बम विस्फाेट

एजेन्सी– अफगानी राष्ट्रपति असरफ घानीको र्यालीमा बम विस्फोट भएको छ । 

यो विस्फोट चारिकर भन्ने ठाउँमा भएको हो । परवान प्रदेशको यो ठाउँमा राष्ट्रपति घानी पनि पुगेका थिए । 

मंगलबार दिउँसो भएको यो विस्फोटबारे थप विवरण आउन बाँकी छ । विस्फोट भएसम्म त्यहाँ कोही पनि हातहाती नभएको समाचार आएका छन् । 

‘विस्फोटको समयमा राष्ट्रपति त्यहाँ नै हुनुहुन्थ्यो,’ उनको प्रवक्ताले भनेका छन्, ‘तर, उहाँ सुरक्षित हुनुहुन्छ, केही भएको छैन ।’

समाचार एजेन्सी एपीका अनुसार यो विस्फोटको जिम्मेवारी कसैले लिएका छैनन् । 

अफगानिस्तानमा यही महिनाको अन्त्यमा राष्ट्रपतीय निर्वाचन हुँदैछ ।





  • प्रकाशित मिति : भदौ ३१, २०७६ मंगलबार १४:३४:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया