जापानमा वीपी विचार प्रतिष्ठान स्थापना

टोकियो– वीपी विचार राष्ट्रिय समाज नेपालको जापानमा पनि गठन गरिएको छ । वीपी कोइरालाको १०६ औं जन्मजयन्तीको अवसरमा जापानको राजधानी टोकियोमा भेला भएका प्रवुद्ध नेपालीहरुको भेलाले डा. सुदिप अधिकारीको अध्यक्षतामा ४१ सदस्यीय प्रतिष्ठान गठन गरिएको हो ।

अन्तराष्ट्रीय स्तरमा समाजको संगठन विस्तार गर्दै जाने उद्देश्यले वी पी विचार राष्ट्रीय समाज, नेपालको तर्फबाट एशिया ( प्यासिफिक क्षेत्रमा लागि संयोजक सुवाष लोहनीको संयोजनमा गठित समाजमा सह—सचिवमा अन्जना राजवंशी (टोकियो) र कोषाध्यक्षमा धार्मिका घिमिरे (साइतामा) चयन भएका छन् । 

त्यस्तै सदस्यहरुमा पेम्बा लामा (टोकियो), बिष्णु रेग्मी (निगाता), साधना घिमिरे (नागोया), हरिप्रसाद कडेल (ओसाका), अनन्त रिजाल (हिरोसिमा),धु्रवकुमार  थापा (योकोहामा), शिव पौडेल (टोकियो), ॠषव पौडेल (नागोया), अमित गौतम (टोकियो), राजु पनेरु (तोचिगी), कुशल धिताल (नागोया), डिका कार्की (फुकुओका), नबिनसागर सापकोटा,ॠषिराम घिमिरे (साइतामा), सुनिता कडेल (टोकियो), राजन भारी (साइतामा), योगेश सापकोटा (टोकियो), दिलिपबाबु शिवा (टोकियो), फणिन्द्र शर्मा सुबेदी (टोकियो), बिराट बाबु (आकिता), उजिर कार्की (गुम्मा) घनश्याम शर्मा (टोकियो), बिमलाकुमारी सावद (ओकिनवा), गिता लम्साल भट्ट (टोकियो), संजय पराजुली (टोकियो), प्रबिन मैनाली (तोचिगी), सल्जिता श्रेष्ठ (चिबा), तिलक बिक (टोकियो), नारन दाहाल (तोचिगी), बिनोद स्यान्तन (टोकियो), गोमा कुमारी दनै (गुम्मा), राजेन्द्र खड्का (योकोहामा), प्रतिक्षा पुरी (टोकियो), प्रकाश योगी (साइतामा), देव मगर (टोकियो), राजेन्द्र पुरी (तोचिगी), बिमल अधिकारी (नागोया), कुमार पनेरु (तोचिगी) छन् ।

समाज गठन तथा वीपी जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा नेपाली जनसम्पर्क समिति जापानका पूर्वसंयोजक भूपीगोविन्द श्रेष्ठ, नेपाली जनसंपर्क समिती जापानका पूर्व अध्यक्ष डिपि कडेल, एन आर एन जापानका आइसिसी सदस्य कपिल देव थापा, जनसंपर्क समिति जापानका सल्लाहकार डा सुदिप अधिकारी, जनसंपर्क समिति जापानका निबर्तमान उपाध्याक्ष पुष्करजंग थापा, जनसंपर्क समिति जापानका महामन्त्री रामजङ कार्की लगायत कांग्रेसका नेता तथा शुभेक्छुकहरुले शुभकामना मन्तव्य व्यक्त वीपीको विचार चिन्तनलाई छोडेर काँग्रेस हिडेकै कारण आज काँग्रेस कमजोर वनेको छ, कांग्रेसले आफ्ना स्थापनाकालिन सिद्धान्त वीपीको विचार र चिन्तन वमोजिम अगाडी वढाउन विगतमा भएका गल्ती र कमजोरीबाट पाठ सिकेर अगाडी बढ्नु पर्ने कुरामा जोड दिएका थिए ।





  • प्रकाशित मिति : भदौ ३१, २०७६ मंगलबार २१:२६:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया