साझाका सबै सेवा गुणस्तरीय बनाउन मन्त्री अर्यालको आग्रह

काठमाडौं— भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले साझालाई भएको सम्पत्ति मोबिलाइज गरेर उत्पादनमा लगाउन आग्रह गरेकी छिन् । साझा भण्डार सहकारी संस्था लिमिटेडको १३ औं वार्षिक साधारणसभामा काठमाडौंमा सम्बोधन गर्दै मन्त्री अर्यालले यस्तो बताएकी हुन् ।

साझासँग प्रशस्तै सम्पत्ति देशभर छरिएर रहेको भन्दै त्यसलाई परिचालन गरेर उत्पादनमा लगाउन शेयर सदस्यहरुलाई मन्त्री अर्यालले आग्रह गरेकी हुन् ।

'भएको सम्पत्तिको मोबिलाइज गर्दै केही नयाँ गर्ने कुरामा मन्त्रालय अगाडि बढ्न तयार छ । छलफलबाट अगाडि बढौँ', उनले भनिन्, 'शेयर सदस्यहरूले अलि मन फुकाउनुस् । साझामा लगाएको शेयर डुब्लाकी भन्ने डर नमान्नुस अब अलि मन बढाएर उत्पादनमूलक क्षेत्रमा काम गर्नेगरी अगाडि बढ्नुस ।'





  • प्रकाशित मिति : भदौ ३१, २०७६ मंगलबार २१:४३:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया