ट्राफिक कारवाहीबाट अचम्मको धम्की

एजेन्सी– भारतमा ल्याइएको नयाँ मोटरवाहन अधिनियमलाई लिएर अहिले निकै ठूलो विरोध भइरहेको छ । सडकमा ट्राफिक प्रहरीको चेकिङ निकै कडा हुँदै गएको छ । तर, जरिवानाबाट बच्न त्यहाँका युवाहरुले नयाँनयाँ नियम लगाएका छन् ।

यस्तै एउटा घटना दिल्लीमा भएको छ । त्यहाँ एक स्कुटीमा सवार युवतीले आफ्नो रसिद नकाटियोस् भनेर प्रहरीसँग भिडेकी छिन् । १ सेप्टेम्बरबाट त्यहाँ रसिद काटिएमा सवारी चालकले ठूलो रकम तिर्नु पर्ने हुन्छ । 

दिल्लीको कश्मिरी गेटमा लाइसेन्स चेक गरिरहेको एउटा प्रहरी समूहबीच गएर एक युवतीले ठूलो ठूलो स्वरमा बोल्न थालिन् । उनले चलाएको स्कुटीमा नम्बर प्लेट नभएकाले उनीविरुद्ध ट्राफिकले कारवाही गर्ने जनाएको थियो । त्यसपछि त ती युवतीले आफूले आत्महत्या गर्नेसमेत धम्की दिइन् । उनले त्यसपछि त्यहाँ सडकमा नै निकै ठूलो स्वर निकालेर रुन थालिन् । त्यसपछि प्रहरीले उनलाई जान दियो ।





  • प्रकाशित मिति : भदौ ३१, २०७६ मंगलबार २२:५२:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया