एजेन्सी— असम राज्यका अर्थमन्त्री हिम्मत विस्वा सरमाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मंगलबार परेको जन्मदिनका अवसरमा मनाइएको एक कार्यक्रममा केक काट्न अस्वीकार गरेका छन् । उनले मुख्यमन्त्री सबार्नन्दलाई पनि त्यो केक काट्न दिएनन् । यसको एउटै कारण हो– केकमा भएको प्रधानमन्त्री मोदीको तस्वीर ।
त्यहाँको भारतीय जनता पार्टीका कार्यकर्ताले त्यो केक तयार पारेर ल्याएका थिए । तर, जब सरमाले चक्कु लिएर अगाडि बढे उनले त्यहाँ मोदीको तस्वीर देखे । त्यसपछि उनी रोकिए ।
‘प्रिय नेताको तस्वीर काट्नु भनेको नेता काट्नु जस्तै हो,’ उनले भने, ‘केक बनाउनेले मोदीको स्नेहका कारण त्यहाँ फोटो राख तर मोदीको तस्वीर हामी काट्न सक्दैनौँ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।