रेकर्ड होल्डर शबाना आजमी

एजेन्सी– बलिउडमा अत्यन्त ट्यालेन्टेड अभिनेत्रीमा गनिनिन्छन् शबाना आजमी । उनको अभिनयको सधैं अन्य अभिनेत्रीभन्दा फरक अभिनय भन्दै प्रशंसा गरिन्थ्यो । एक अभिनेत्री हुनुका साथसाथै शबाना आजमी सामाजिक कार्यमा पनि निकै सक्रियछिन् । 

सन् १९५० मा आजकै दिन लेखक तथा कवि कैफी आजमीको छोरीका रुपमा शबानाको जन्म भएको थियो । २३ वर्षको उमेरमा सन् १९७३ मा उनले अभिनय यात्रा सुरु गरिन् । पहिलो फिल्म ‘अंकुर’बाट बलिउडमा लागेकी शबानाले सन् १९८३ देखि १९८५ सम्म लगातार भारतकी सर्वोत्कृष्ट अभिनेत्रीको पुरस्कार पाएकी थिइन् । 

शबानाको विवाह लेखक जावेद अख्तरसँग भयो । उनले पाँच पटक भारतमा सर्वश्रेष्ठ अभिनेत्रीको पुरस्कार जितेर रेकर्ड बनाएकी छिन् । उनी सन् १९७५, १९९९ मा पनि सर्वश्रेष्ठ अभिनेत्री भएकी थिइन् । उनलाई चार पटक फिल्मफेयर अवार्ड पनि दिइएको छ । सन् १९८८ मा त उनले पद्मश्रीबाट पनि सम्मानित हुने अवसर पाएकी थिइन् ।





  • प्रकाशित मिति : असोज १, २०७६ बुधबार १०:५८:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया