आजबाट प्रधानमन्त्री बालुवाटार ‘बाहिर’ निस्कने

काठमाडौं–  प्रधानमन्त्री केपी शर्मा ओली लामो समयपछि बालुवाटारस्थित प्रधानमन्त्री निवासबाट बाहिर निस्कँदै छन् । 

५ भदौमा दोस्रो पटक सिंगापुरमा आफ्नो उपचारका लागि पुगेका प्रधानमन्त्री ओली २० भदौमा नेपाल फर्किएका थिए । त्यसयता उनी एकपटक मात्र बालुवाटार निवासबाट बाहिर निस्किएका थिए । त्यति बेला उनी त्रिवि शिक्षण अस्पताल पुगेका थिए । त्यति बेला उनको उपचारमा प्रयोग भएको एउटा पाइप निकालिएको थियो ।

सिंगापुरमा प्लाज्मा फोरेसिस गरेर फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यका कारण बालुवाटारबाहिर ननिस्कने, बालुवाटारबाट नै सम्पूर्ण कामको निरीक्षण गर्ने यसअघि बताउँदै आइएको थियो ।

त्यसो त मन्त्रिपरिषद् बैठकका लागि सिंहदरबारमा यसअघि पनि ओली आइसकेका थिए । तर, उनी कुनै पनि सार्वजनिक कार्यक्रममा देखिएका थिएनन् । 

तर, आजबाट ओली फेरि बाहिर निस्किएका छन् । उनी पहिले राष्ट्रिय सभा गृहमा हुने एक कार्यक्रममा सहभागी हुनेछन् । उनको सचिवालयका एक सदस्यका अनुसार प्रधानमन्त्री ओली त्यहाँ सातौँ राष्ट्रिय विज्ञान दिवसको उद्घाटन गर्न जाने भएका हुन् । प्रधानमन्त्री ओली बुधबार नै संघीय संसदको आधुनिक भवनको शिलान्यासमा पनि पुग्दैछन् । 





  • प्रकाशित मिति : असोज १, २०७६ बुधबार ११:१९:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया