एजेन्सी— थाइ चिडियाघरमा अत्यन्त चर्चित एउटा पान्डाको मृत्यु भएपछि चीनले त्यहाँ केही विज्ञहरुलाई अनुसन्धानका लागि पठाउन लागेको छ । मृत्यु भएको पाण्डा चाहिँ थाइल्यान्डको चिडियाघरमा सन् २००३ देखि थियो ।
यो पाण्डा चीनले नै थाइल्यान्डलाई ‘ऋण’मा दिएको थियो । चीनले आफूसँग भएका जनावरहरु विश्वका विभिन्न देशलाई कुटनीतिक सम्बन्ध राम्रो बनाउन जनावरहरु ऋणमा दिने गरेको छ ।
चुयाङचुयाङ नाम दिइएको यो पान्डा चियाङ माइ चिडियाघरमा राखिएको थियो । १९ वर्षे यो पान्डा थाइल्यान्डमा निकै चर्चित थियो । तर, सोमबार पान्डाको मृत्यु भएपछि चिनियाँ सामाजिक सन्जालमा यसबारे निकै धेरै चर्चा गरिएको छ ।
यस्ता खाले पाण्डाहरु कम्तिमा पनि २५ देखि ३० वर्षसम्म बाँच्ने अनुमान गरिन्छ ।
त्यसैले चिनियाँ सामाजिक सन्जाल प्रयोगकर्ताहरुले सामाजिक सन्जालमा लेखेका छन्– थाइल्यान्ड पान्डाहरुका लागि उपयुक्त ठाउँ होइन, अन्य पान्डा पनि चीनले छिटो ल्याउनु पर्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।