भारत र दक्षिण अफ्रिकाबीच आज खेल हुने

काठमाडौं— भारत र दक्षिण अफ्रिकाबीच टी–२० खेल आज मोहालीमा हुँदै छ । यो खेल नेपाली समय अनुसार साँझ सवा सातमा सुरु हुनेछ । 

यी दुई देशबीचको सिरिजको पहिलो खेल वर्षाका कारण रोकिएको थियो । यदि आज खेल भएको खण्डमा दक्षिण अफ्रिकाका क्वान्ट डी ककका लागि विशेष खेल हुनेछ । किनकि उनी आज यही खेलबाट अफ्रिकाको कप्तानका रुपमा डेब्यू गर्दै छन् । 

मोहालीमा भएका पछिल्ला १४ खेललाई हेर्ने हो भने भारतले ८ खेलमा जित हासिल गरेको छ । पाँच खेलमा उसले हार व्यहोरेको छ भने एक खेल विनानतिजा टुङ्गिएको छ ।

भारत र दक्षिण अफ्रिकाबीच आहिलेसम्म १३ वटा खेल भएकोमा भारतले ८ र दक्षिण अफ्रिकाले पाँच खेलमा जित हासिल गरेका छन् । यसअघि मोहालीमा भएका दुवै खेलमा भारतले जित निकालेको छ भने दक्षिण अफ्रिकाले पनि भारतसँग खेलेका पछिल्ला दुवै खेल जितेको छ । त्यसैले यो आँकडा हेर्दा कुनै न कुनै रेकर्ड पक्कै तोडिनेछ । 





  • प्रकाशित मिति : असोज १, २०७६ बुधबार १३:१७:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया