सिंहदरबारमा प्रधानमन्त्री गर्जिए– सरकार लोकतन्त्रको रक्षाका लागि बघिनीको शैलीमा उत्रिन्छ

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार लोकतन्त्रको रक्षाका लागि बघिनीको शैलीमा उत्रिने बताएका छन् । 

सिंहदरबार परिसरमा बुधबार संघीय संसद् भवनको शिलान्यासपछि बोल्दै प्रधानमन्त्रीले लोकतन्त्रमाथि खतरा पैदा भए बघिनीको शैलीमा रक्षात्मक ढंगले सरकार प्रस्तुत हुने चेतावनी दिएका हुन् । केही व्यक्तिहरु जसरी पनि वातावरण बिगार्ने काममा लागिरहेको उनको आरोप थियो । 

‘डमरुमाथि खतरा पैदा भयो भने बघिनी चुप लागेर बस्दिन । संघीय लोकतान्त्रिक गणतन्त्रमाथि जबसम्म खतरा आइपर्यो भन्ने कुरा हुँदैन तबसम्म सरकार  शान्त हुन्छ,’ प्रधानमन्त्रीले भने, ‘लोकतन्त्रमाथि खतरा आयो भने सरकारले सहँदैन । जनताको बलिदान खेर जान नदिने कुरामा सरकार प्रतिबद्ध छ ।’

सरकारले गति लिन नसकेको भन्ने आलोचनालाई गम्भीर रुपमा लिएको बताउँदै उनले अब गतिका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । भ्रष्टाचारमा शून्य सहनशीलता सरकारको ‘लिप्स् सर्भिस’ मात्रै नभएको उनको दाबी थियो । 

हिंसा नितान्त ‘वितण्डा’ मात्रै भएको र हत्या, हिंसा, त्रास र लुटपाट गर्ने क्रियाकलाप सैह्य नहुने भन्दै उनले आवश्यक परे नियन्त्रणकारी भूमिका पनि खेल्न सकिने बताए । उनको सो भनाइ नेत्रविक्रम चन्द नेतृत्वको नेकपाप्रति लक्षित थियो । 





  • प्रकाशित मिति : असोज १, २०७६ बुधबार १८:१:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया