Wed, 16 Oct, 2019


पाकिस्तानले आफ्नो आकाशमा मोदीको विमान उड्न नदिने
फरकधार / असोज १, २०७६

एजेन्सी— पाकिस्तानले बुधबार भारत सरकारको एउटा अनुरोधलाई अस्वीकार गरिदिएको छ । भारत सरकारले पाकिस्तानसँग प्रधानमन्त्री नरेन्द्र मोदीको विमानलाई बाटो दिन अनुरोध गरेको थियो । 



यसै साता प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिका जाने भएकाले भारतले पाकिस्तानसँग उसको आकाश प्रयोग गर्न अनुरोध गरेको थियो । तर, पाकिस्ताले मोदीको विमानलाई पनि उसको आकाश प्रयोग गर्न नदिने जवाफ दिएको छ । मोदी संयुक्त राष्ट्रसंघमा महासभामा भाग लिन अमेरिका जाँदैछन् । 

यसअघि पनि पाकिस्तानले भारतीय राष्ट्रपति रामनाथ कोविन्दको विमानलाई पनि आफ्नो आकाश प्रयोग गर्न दिएको थिएन । तर, गत महिना भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चाहिँ यही बाटो प्रयोग गरेर फ्रान्सको यात्रा गरेका थिए ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्