पिताबारे प्रश्न सुनेपछि भावुक भए राजकुमार राव

एजेन्सी— आगामि फिल्म ‘मेड इन चाइना’को ट्रेलर लन्च कार्यक्रममा राजकुमार रावको आँखामा आँसु देखियो । किनकि उनलाई एक पत्रकारले उनका पिताबारे सोधेका थिए । 

राजकुमार रावकी पिता सत्यपाल यादवको मृत्यु ५ सेप्टेम्बरमा मात्र भएको हो । उनी लामो समयदेखि अस्पतालमा भर्ना भएका थिए । ६० वर्षको उमेरमा उनको निधन भएको हो ।

राजकुमार रावले उनको पिताको देहान्त हुँदा आफू सुटिङमा व्यस्त भएको बातएका थिए । उनी एकदिन सुटिङको बीचमा नै पितालाई भेट्न अस्पताल पुगेका थिए । आफू अभिनयमा लागेको कुराले पिता निकै खुसी भएको राजकुमारले सेयर गरेका छन् ।

तर, यहीबीच मेड इन चाइना फिल्मको ट्रेलर चाहिँ निर्देशकसँग अनुमति लिएर अस्पतालमा नै आफूलाई बाबुलाई देखाएको पनि राजकुमार रावले जानकारी दिएका छन् ।





  • प्रकाशित मिति : असोज १, २०७६ बुधबार २२:२८:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया