भारतमा इ–सिगरेट पूर्ण प्रतिबन्धित

एजेन्सी— भारतमा नरेन्द्र मोदी सरकारले इ–सिगरेटमाथि पूर्ण प्रतिबन्ध लगाउने फैसला गरेको छ । 

बुधबार त्यहाँको मन्त्रिपरिषद् बैठकमा गरिएको निर्णयबारे जानकारी दिँदै भारतकी अर्थमन्त्री निर्मला सितारमणले इ सिगरेटमाथि पूर्ण प्रतिबन्ध लगाएको जानकारी दिएकी हुन् । 

‘अब इसिगरेट उत्पादन, बिक्री, आयात, निर्यात तथा प्रयोग र वितरणमा पनि पूर्ण प्रतिबन्ध लागेको छ,’ उनले भनेकी छिन्, ‘युवाहरुको स्वास्थ्यमा असर गरिरहेको थाहा पाएपछि त्यसलाई मध्यनजर गर्दै इसिगरेटमा पूर्ण प्रतिबन्ध लगाइएको हो ।’

उनले अमेरिकामा भएको एक अध्ययनको हवाला दिँदै यो निर्णय गरेको पनि बताएकी छिन् ।

अमेरिकामा इ सिगरेटका कारण भएका सात मृत्युबारे पनि उनले बताइन् । धूमपान नगर्नेहरुमा पनि निकोटिनको लत बढेको भन्दै भारतको शीर्ष मेडिकल रिसर्चको निकायले पनि इसिगरेटमा प्रतिबन्ध लगाउन सुझाव दिएको थियो ।





  • प्रकाशित मिति : असोज १, २०७६ बुधबार २२:३४:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया