गृहमन्त्रीका भाइ एक लाख धराैटीमा रिहा

काठमाडाैं— गृहमन्त्री रामबहादुर थापा बादलका भाइ नरेशबहादुर थापा बुधबार धरौटीमा रिहा भएका छन् । काठमाडौं जिल्ला अदालतले उनलाई एक लाख धरौटीमा रिहा गर्ने आदेश दिएको हो । अदालतले पवन खड्का, विरवल भट्टराईसहित ५ जनालाई  पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएकाे श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए ।

थुनछेक बहस सकिएपछि न्यायाधिश मेदिनिप्रसाद पौडेलको इजलासले यस्तो आदेश दिएको हो । नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्या आरोपमा जेलमै रहेका गुन्डा नाइके समीरमानसिंह बस्नेतसँग मिलेर व्यवसायीलाई धम्काउँदै रकम असुलेको आरोपमा उनीहरु पक्राउ परेका थिए । थापाले समीरमानलाई जेलमै भेट गर्नुका साथै  व्यवसायीलाई धम्क्याएर अवैधरुपमा रकम असुल्ने गरेको आरोप थियो ।





  • प्रकाशित मिति : असोज १, २०७६ बुधबार २२:३९:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया