एजेन्सी— भारतीय बलर तथा ब्याट्सम्यान दुवै चम्किँदा दोस्रो अन्तर्राष्ट्रिय टी–२० प्रतियोगितामा भारतले दक्षिण अफ्रिकालाई ७ विकेटले हराएको छ । मोहालीमा भएको यो खेलमा भारतका कप्तान विराट कोहलीले नटआउट ७२ रनको योगदान दिए ।
खेलमा भारतले पहिले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो । दक्षिण अफ्रिकाले ५ विकेट गुमाएर १४९ रन जोड्न सफल भयो । १५० रनको लक्ष्य लिएर अगाडि बढेको भारतले सहजै यो लक्ष्य भेट्यायो ।
तीन म्याचको यो सिरिजको अन्तिम खेल २२ सेप्टेम्बरमा बेंगलुरुमा हुँदैछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।