ज्यान मुद्दाका फरार अभियुक्त १७ वर्षपछि पक्राउ

काठमाडाैं— कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त चितवन राप्ती नगरपालिका–७ बस्ने नुवाकोट ककनी गाउँपालिका–५ घर भएका ५८ वर्षीय भरत सुनारलाई घटनाको १७ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । 

२१ पुस २०५९ मा नुवाकोट साबिक ककनी गाविस–७ सिम्ले (हाल ककनी गाउँपालिका–५) बस्ने ७० वर्षीया पदमकुमारी गुरुङको सिम्लेस्थित मकैबारीमा शव फेला परेको थियो । अनुसन्धानको सिलसिलामा घटनामा संलग्न रही फरार रहेका सुनारको खोजी गर्ने क्रममा केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्जबाट खटिएको प्रहरीले उनलाई चितवन राप्ती नगरपालिका–७ भवानी बजारबाट पक्राउ गरेको हो ।

२० पुसको राति छिमेकीको छोराको छेवरमा गएकी पदमकुमारीलाई छेवर सकिएपछि नाचगानको कार्यक्रममा विवाद हुँदा घर फर्कने क्रममा भरतले ढुंगा प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुल्न आएको ब्युरोले जनाएको छ ।





  • प्रकाशित मिति : असोज २, २०७६ बिहीबार ८:५७:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया