एजेन्सी– अक्षय खन्ना एक यस्ता व्यक्ति हुन् जो महिनामा एकपटक वा एक वर्षमा एउटा फिल्म गर्ने भन्नेमा विश्वास गर्दैनन् । तर, उनी बाहिर सार्वजनिक रुपमा वा पब्लिक रुपमा एकपटक मात्र आउने कुरामा विश्वास गर्छन् । ४४ वर्षका यी अभिनेताले केही दिनअघि हिन्दुस्तान टाइम्सलाई एउटा अन्तर्वार्ता दिएका छन् जसले बलिउडमा ठूलो तरंग ल्याएको छ ।
विवाह, सम्बन्ध वा बच्चा एडप्ट गर्ने विषयमा अक्षयमाथि प्रश्न गरिएको छ । त्यसमा उनले सबैले आआफ्नो जीवन बाँच्ने भएकाले कसैसँग पनि निजी जीवन तुलना नगर्ने बताएका छन् । अनि उनले भनेका छन्, ‘म आफैंलाई विवाह गरेको कल्पना गर्न पनि सक्दिनँ, देख्न पनि सक्दिनँ । म पूरै जीवन आफ्नो तरिकाले बाँच्न चाहन्छु ।’
‘म अरुसँग आफ्नो जीवन सेयर गर्न पनि सक्दिनँ,’ उनले भनेका छन्, ‘यो सबै कुराले तपाईंको जीवनमा निकै ठूला परिवर्तन ल्याउँछन्, त्यो मलाई सह्य छैन ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।