क्यान्सरपीडितकाे भावना बुझेर याे खास काम गर्दैछन् अभिनेता अर्जुन कपुर

एजेन्सी— बलिउड अभिनेता अर्जुन कपुर क्यान्सर पीडितका लागि आफ्नो समर्थन रहेको विषयमा बाहिर खुलेर आउने भएका छन् । उनले यो घातक बिरामीका लागि आफूले गर्नु पर्ने जस्तो सुकै काम पनि गर्ने बताएका छन् । 

२२ सेप्टेम्बरमा पर्ने विश्व गुलाब दिवसलाई विश्वमा क्यान्सर रोगीको अनुहारमा मुस्कान ल्याउने सोचका साथ पनि मनाइन्छ । त्यही दन अर्जुन कपुरले बान्द्रा वर्ली सी लिंक पुलको रातो रंगका बत्तीहरु बाल्ने भएका छन् । यसरी उनी क्यान्सरपीडितका लागि समर्थन जनाउन तयार रहेको विषयमा बाहिर देखाउन चाहन्छन् । 

यो सामाजिक अभियान अर्जुनका लागि निकै महत्वपूर्ण मानिन्छ । किनकि उनकी आमा मोना शौरी कपुरको मृत्यु पनि क्यान्सरका कारण नै भएको थियो । अर्जुनले यस विषयमा भनेका छन् कि आफूले क्यान्सरपीडितको भावनालाई छुन खोज्ने प्रयास गर्नुलाई सकारात्मक रुपमा लिनु पर्नेछ ।





  • प्रकाशित मिति : असोज २, २०७६ बिहीबार २०:१:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया