गाँजा खान्थे डेभिड क्यामरुन !

एजेन्सी— बेलायती राजनीतिमा सबैभन्दा धेरै चर्चामा रहेका प्रधानमन्त्री हुन् डेभिड क्यामरुन । उनले पहिले ब्रेक्जिट, बेलायत युरोपेली युनियनबाट छुट्टिने प्रक्रिया,बारे मुद्दा उठाए । तर, उनले लिएको धारलाई बेलायती जनताले अस्वीकार गरिदिए । 

त्यसपछि उनले सन् २०१६ मा प्रधानमन्त्री पदबाट राजीनामा दिए । त्यति बेला उनी बेलायतमा दोस्रो कार्यकालका लागि प्रधानमन्त्री चुनिएको एक वर्षमात्र भएको थियो । 

अब उनले आफ्नो आत्मकथा प्रकाशनमा ल्याएका छन् । त्यही आत्मकथाका केही अंश द टाइम्समा छापिएको छ । 

द टाइम्समा छापिएका अंश वा उनको आत्मकथा चाहिँ उनी प्रधानमन्त्री बन्नुभन्दा पहिलेका हुन् । आत्मकथामा उनले आफ्नो जीवनलाई निकै खुलेर लेखेका छन् । 

त्यहीमध्ये एक प्रसंग हो, उनले गाँजा खाने प्रसंग । उनले आत्मकथामा लेखेअनुसार उनी इटन कलेजमा पढ्दा उनीहरु इयोट टापुमा दुई साथीसँग पुग्थे । अनि त्यहाँ उनले गाँजा खान्थेँ । ‘टाउको दुख्ने गरि,’ उनले आत्मकथामा लेखेका छन् । उनले यसबारे कक्षामा सरले सोध्दा आफूले धेरै पटक झुट बोलेको र आफूलाई कलेजले रेस्टिकेट नगरे पनि कलेज परिसर छोड्न नदिएको उल्लेख गरेका छन् ।





  • प्रकाशित मिति : असोज २, २०७६ बिहीबार २२:२:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया