भारतमा स्याउभन्दा प्याज महङ्गो !

एजेन्सी– पछिल्लो समय भारतमा स्याउको मूल्यमा निकै ठूलो गिरावट आएको छ । १५ दिनयता भारतमा एक किलो स्याउमा ८० रुपैयाँ मूल्य घटेको छ । केहीअघिसम्म १२० रुपैयाँमा बिक्री भइरहेको स्याउको अहिले बढीमा ६० रुपैयाँ पर्न थालेको छ । 

अर्कोतिर, भारतमा प्याजको भाउ चाहिँ बढिरहेको छ । केही समयअघिसम्म ३० रुपैयाँमा बिक्री हुने एक किलो प्याजको मूल्य अब ८० रुपैयाँसम्म पुगेको छ । 

पछिल्लो समय लगातार परिरहेको पानीका कारण प्याजको आपूर्तिमा कमी भएकाले यसको भाउ बढिरहेको त्यहाँका अधिकारीहरुले जनाएका छन् । उनीहरुले केही दिनमा नै प्याजको भाउ ९० रुपैयाँसम्म पुग्नसक्ने अनुमान गरेका छन् ।





  • प्रकाशित मिति : असोज ३, २०७६ शुक्रबार ८:४१:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया