काठमाडौं– संविधान दिवसको अवसरमा विभिन्न व्यक्तित्वहरुलाई मानपदवी, अलङ्कार र पदकद्वारा विभुषित गरिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट यस्ता मानपदवी दिन लागिएको हो ।
नेपाल सरकारले सिफारिस गरेअनुसार दिवङ्गत साहित्यकार मदनमणि दीक्षित र तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रवीन्द्रप्रसाद अधिकारीलाई महाउज्ज्वल राष्ट्रदीप (प्रथम श्रेणी) दिइने भएको छ ।
त्यस्तै, राष्ट्रिय समाचार समितिले आफ्नो समाचारमा जनाएअनुसार सुप्रबल जनसेवाश्री ९प्रथम० श्रेणीबाट प्रा डा दिव्यासिंह शाह, दिवङ्गत पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा तथा पाँच विदेशी प्राध्यापकलाई विभूषित गरिनेछ ।
राष्ट्रपति कार्यालयका अनुसार उज्ज्वल कीर्तिम राष्ट्रदीप ९द्वितीय० बाट उच्चस्तरीय प्रशासन सुधार आयोग कार्यान्वयन समितिका अध्यक्ष काशीराज दाहाललाई विभूषित गरिने भएको छ ।
यसैगरी विभिन्न पेशाकर्मी, व्यवसायी, कर्मचारी र सुरक्षाकर्मी गरी ६३४ व्यक्तिलाई विभूषित गरिने घोषणा गरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।