फेडरल रिजर्भले दोस्रोपटक ब्याजदरमा कटौती गर्यो

एजेन्सी– अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले फेरि एकपटक ०.२५ प्रतिशतले ब्याजदरमा कटौती गरेको छ । रिजर्भले जुलाईपछि ब्याजदर कटौती गरेको यो दोस्रोपटक हो ।

विश्व अर्थतन्त्र अहिले समस्याग्रस्त छ । चीनसँगको व्यापारिक युद्ध, मध्यपूर्वको राजनीतिक तनावका साथै अन्य समस्याका बीच अमेरिकी अर्थतन्त्रले अफ्ठ्यारो समय झेलिरहेको छ ।

जसकाकारण विश्व अर्थतन्त्र मन्दीमा जान सक्ने विश्लेषण हुन थालेका छन् । अर्थतन्त्र अझै कमजोर बन्दै गए, यही वर्ष फेरि अर्कोपटक ब्याजदर कटौती गर्ने बाटो खुला रहेको रिजर्भका अधिकारीले बताएका छन् । फेडरल रेट अब १.७५ देखि २ प्रतिशत रहनेछ ।

यो कदमले कमजोर बन्दै भइरहेको अर्थतन्त्रलाई केही बल प्रदान गर्ने विश्वास फेडका अध्यक्ष जेरोमी पवेलले व्यक्त गरेका छन् ।

फेडको यो कदमप्रति बजारमा मिश्रित प्रतिक्रिया आएका छन् । नीति–निर्माताहरू भने दुई भागमा विभाजित भएका छन् । एक पक्ष थप ब्याजदर कटौतीको पक्षमा छ भने अर्को पक्षले ब्याजदर यतिमै स्थिर राख्नुपर्ने विचार राखेको छ ।

फेडको यो निर्णयले अमेरिकी अर्थतन्त्रलाई अस्थायी रूपमै भए पनि केही राहत दिने लक्षण देखाएको छ ।





  • प्रकाशित मिति : असोज ३, २०७६ शुक्रबार १७:७:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया