संविधान दिवसका अवसरमा २६० कैदीको सजाय कट्टा, २२ कैदीलाई माफी

काठमाडौं– संविधान दिवसका अवसरमा सरकारले दुई सय ६० कैदीको बाँकी कैदको सजाय कट्टा गरेको छ भने २२ कैदीलाई माफी दिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त सजाय माफी दिएकी हुन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा फौजदारी कसुर (कैद कट्टा) नियमावली, २०७६ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा भीमबहादुर शेर्पासमेतका २ सय ६० जना कैदीको बाँकी सजाय कट्टा गरेकाे राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए ।

यस्तै सरकारले २२ जना कैदीको कैद सजाय माफी दिएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २७६, मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा रामकिशोर साह तेलीसमेत २२ जनाको कैद, दण्ड, जरिबाना, बिगो, सर्वस्वलगायतको सजाय माफी गरेकाे सहायक प्रवक्ता घिमिरेद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ । 





  • प्रकाशित मिति : असोज ३, २०७६ शुक्रबार १७:२१:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया