लमजुङ- संविधान दिवसको अवसरमा शुक्रबार लमजुङ कारागारका २ जना कारागार मुक्त भएका छन् ।
कारागार लमजुङका सूचना अधिकारी रमेश विश्वकर्माले कर्तव्र्य ज्यान मुद्दाकी दिप्ती गुरुङ र ज्यान मार्ने उद्योगका रवि बानियाँ कैद मिनाह भई रिहा भएको जानकारी दिए ।
५० प्रतिशत कैद भुक्तान गरेका र राम्रो चालचलन भएकाको कैद मिनाह भएको विश्वकर्माले बताए ।
हाल लमजुङ कारागारमा ८ महिला र ७६ पुरुष गरी ८४ जना कैदीबन्दी छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।