चितवन मेडिकल कलेजमा बढी शुल्क लिएको भए फिर्ता देऊ: त्रिवि

काठमाडाैं- त्रिभुवन विश्वविद्यालयले चितवन मेडिकल कलेज एण्ड साइन्सेज भरतपुरलाई आन्दोलनरत विद्यार्थीसित वार्ता र संवाद गरी बढी शुल्क लिएको भए फिर्ता गर्न अनुरोध गरेको छ । 

त्रिविको सम्बन्धनप्राप्त उक्तकलेजका चिकित्सा शिक्षातर्फका एमबीबीएस तहमा अध्ययन गर्ने विद्यार्थी सरकारले निर्धारण गरेको शुल्कभन्दा बढी शुल्क आफूहरुसित कलेज प्रशासनले उठाएको भन्दै आन्दोलनरत छन् ।

त्रिविलेशुक्रबारप्रेस विज्ञप्ति प्रकाशित गरी आन्दोलनबाट समस्याको समाधान नहुने हुँदा कलेज प्रशासनले आह्वान गरेको वार्ता र संवादमा सहभागी हुन विद्यार्थीलाई आग्रहसमेत गरेको छ ।

'विश्वविद्यालय पनि समस्याको समाधान वार्ता नै हो भन्ने कुरामा दृढ सङ्ल्पित रहेको छ। विद्यार्थीको पठनपाठन र जनताले स्वास्थ्य उपचार गर्न पाउने अस्पताल जस्तो अति संवेदनशीलस्थानमा बाधा र अवरोध सिर्जना गर्ने गराउने कार्य नगरिदिन विद्यार्थी, अभिभावक र सम्बन्धित पक्षसित विश्वविद्यालयले अनुरोध गर्दछ,' विज्ञप्तिमा भनिएको छ।

मन्त्रिपरिषद्को गत साल असोज २८ गतेको बैठकले चिकित्सा शिक्षाअन्तर्गत स्नातक तहका एमबीबीएस र बीडीएसको शुल्क निर्धारण गरेको थियो ।

एमबीबीएसका लागि काठमाडौँ उपत्यकामा ३८ लाख ५० हजार तथा उपत्यका बाहिर ४२ लाख ४५ हजार तथा बीडीएस कार्यक्रमका लागि १९ लाख ३२ हजार ६१२ शुल्क निर्धारण गरिएको थियो । -रासस





  • प्रकाशित मिति : असोज ३, २०७६ शुक्रबार २३:५५:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया